निर्धारित समयमानै संविधान : उपप्रधानमन्त्री सिहं

साउन २४, काठमाडौँ –  उपप्रधान तथा स्थानिय बिकासमन्त्री प्रकाशमान सिंहले आगामी माघ ८ गते भित्र देशमा नयाा संविधान जारी भैसक्ने बताएका छन् ।  पत्रकार महासंघ कास्कीले गरेको कार्यक्रममा मन्त्री सिंहले निर्धारित मितिमै संविधान बन्नेमा ढुक्क रहन सबैलाई आग्रह गरेका हुन् ।

आफूहरुले १ बर्षभित्र संविधान बनाउने कसम जनतासंग खाएको र सोही अनुसार संविधान पनि निमार्ण गरेरै छाड्ने प्रतिवद्धता जनाए  । दलहरुबिचमा रहेको असहमति हटेर सहमतिय संविधान बन्ने उहाँले विश्वास व्यक्त गरे ।