विश्व आदिवासी दिवस मनाइदै

साउन २४, काठमाडौँ –  २० औं विश्व आदिवासी दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।  दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा आज काठमाण्डौं टुँटिखेलमा विषेश कार्यक्रम हुदैछ ।

‘समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्यवन गर’ भन्ने मूल नाराकासाथ दिवस मनाउन लागिएको हो ।

दोस्रो संविधानसभा मार्फत संविधान निमार्ण गर्ने क्रममा रहेको बेला आदिावासी जनजातिको अधिकार स्थापित गराउन राजधानि लगायत देशैभर आदिवासी जनजातिहरुले दिवसलाई आन्दोलनको रुपमा मनाइहरेको महासंघका अध्यक्ष नागेन्द्र कुमालले जानकारी दिए ।

दिवसकै उपलक्षमा  आज राजधानीको टुँडीखेलमा विषेश समारोह आयोजना गरिएको थियो । समारोहलाई विभिन्न राजनैतिक दलका नेता, सभासद र आदिवासी नेताहरुले सम्बोधन गरेका छन् ।

स्विटरजरल्यण्डको जेनेभामा १९८२ डसेम्बरमा बसेको संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या संम्बन्धि कार्यदलको पहिलो वैठकले प्रत्येक वर्षको ९ अगष्टलाई विश्वका आदिवासीहरुको अन्तराष्ट्रिय दिवसकोे रुपमा मनाउने निर्णय गरको थियो ।

सोहि अनुरुप प्रत्येक वर्षको अगष्ट ९ लाई आदिवासीको अधिकार संम्बन्धि विशेष नारा र कार्यक्रम सहित विश्वका आदिवासीहरुको अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।