पहिरो जादा तीन जनाको मृत्यु, एक वेपत्ता

साउन २४, दोलखा –  दोलखाको जिरी बसपार्कमा गएराति पहिरो जादा तीन जनाको मृत्यु भएको छ एक जना  वेपत्ता भएका छन् । मृत्यु हुनेहरुमा जिरी वडा नम्वर ७ का १४ वर्षीया सुस्मा जिरेल, ५ वर्षका सुजल जिरेल र पेमाडोमा शेर्पा भएको प्रहरीले जनाएको छ ।

राति करिब साढे १२ बजेतिर जिरी ठोसे सडकखण्डको जिरी बसपार्क भन्दा करिब २० मिटर अगाडि घर माथिबाट आएको पहिरोले घर भत्किँदा  उनीहरुको मृत्यु भएको हो  ।

यसैगरी सोही  पहिरोमा परी मृतक पेमडोमा शेर्पाकी १७ बर्षिया छोरी फुर्लमु शेर्पा वेपत्ता हुनु भएको छ ।  त्यसैगरी पहिरोमा परी ८ जना घाइते भएका छन । घाइते मध्ये जिरी ६ का ४० बर्षिय कृतिमान जिरेल,  ३५  बर्षिया गुणकुमारी  जिरेल, आङदावा तामाङको अबस्था गम्भीर रहेको जनाइएको छ ।

बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइते सबैको जिरी अस्पतालमा उपचार भई रहेको छ । घटनाको विस्तृत विवरण आउन अझै वाँकी रहेको छ ।