चितवन २३, साउन – एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टाराईले कुनै पनि हालतमा पार्टी विभाजन नगर्ने बताएका छन् । शान्ति र संविधान निर्माण हुँदै गरेको यो समयमा पार्टी विभाजन हुने कुनै सम्भावना नरहेकोमा आफु बिस्वस्त रहेको उनले बताए । क्रान्तिकारी पत्रकार सङ्घ चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले उनले । पार्टीभित्र देखिएका विवाद नयाँ प्रक्रियाबाट समाधान हुने दाबी गर्दै उनले बाबुराम जिसंग त्यस्तो ठुलो केही पनि झगडा नरहेको प्रष्ट पारे । सासू हरिकला पौडेलको १३ आँै दिनको पूण्यतिथिमा सहभागी हुन हिजो चितवन पुगेका अध्यक्ष प्रचण्डले बाबुरामजीसँगको सम्बन्धको लामो कथा रहेको र उनीसंग विसं २०४१ को पाँचाँै महाधिवेशनदेखि विवाद र बहस हुदै आएको उल्लेख गरे । बाबुराम र आफुबिच जति विवाद, चर्काचर्की भएपनि त्यो दूध र भात जस्तो हुने उनको भनाई थियोे । यस्तै अर्को प्रसंगमा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमण दुई देशबीचको सम्बन्धको नयाँ आयाम भएको प्रतिक्रिया समेत दिए ।