चरी जवाफी कारबाहीमा नै मारिएका हुन्– गृहमन्त्री

साउन २३, काठमाडौं । कुख्यात गुण्डा चरी प्रहरीको जवाफी कारबाहीमा नैं मारिएको बताएका छन् । चरीको सुनियोजित हत्या भएको भन्दै सत्तारुढ एमाले सभासदहरुले हिजो संसदमा हंगामा मच्चएपछि गृहमन्त्रि गौतमले आज संसदसामु प्रष्ट पारेका  हुन् । धादिङ  स्थिाई घर भएका  दिनेश अधिकारी ‘चरी’ नामले प्रख्यात थिए । गृहमन्त्री गौतमले चरी २०६२ सालदेखि विभिन्न अपराधमा संलग्न रहेको र जिल्ला अदालत काठमाडौं तथा जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध गम्भीर फैजदारी मुद्दा चलिरहेको समेत बताए । चरी भीमढुंगा हुँदै धादिङतर्फ जान लागेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले पक्राउ गर्दा खोज्दा प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको गृहमन्त्री गौतमले  प्रष्ट पारे । चरीलाइृ प्रहरीलाई प्रहरीले पक्राउ गर्न खोज्दा खोज्दैं  उल्टै  प्रहरीतर्फ गोली प्रहार गरेकाले प्रहरिले जवफी कारबाही गर्नु परेको बताए । चरीको मृत्यु जवाफी कारबाहीमा भन्दा पनि उनको हत्या गरिएको भन्दै एमालेका अध्यक्ष केपी ओली सहित अन्य केही केन्द्रिय नेता तथा एमाले सभासदहरुले बिरोध गर्दै छानबिनको माग गरिरहेका थिए ।