अस्पतालबाटै शिशु गायब, ४ दिन बित्दा पनि अस्पतालले नैतिक जिम्मेवारी लिएन

 साउन २२ , नेपालगन्ज । अस्पतालभित्रैबाट एक नवजात शिशुलाई गायब पारिएको छ । नेपालगन्ज १, धम्बोझीकी १८ वर्षकी रुक्मिणी काँदुले जन्माएको शिशु बिपीचोस्थित नर्सिङ होमबाट आधाघन्टामै चोरी भएको छ । आइतबार ९१८ गते० राति ८ बजे रुक्मिनीले जन्माएका दुईमध्ये एक छोरा चोरी भएको परिवारले जनाएको छ । रुक्मिनीले एक र दुई किलो तौल भएका छोरा जन्माएको नागरिकमा खबर छ ।

नर्सले जुम्ल्याहा छोरा परिवारलाई जिम्मा लगाएको केही बेरमा एक अपरिचित महिला ९घुम्टो ओढेकी० ले शिशु बोक्न खोजिन, उनीहरुले एउटा छोरा उनको हातमा दिए । कम तौल भएका जुम्ल्याहा शिशुमा स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार एनआइसियु कक्ष लैजाने तयारी भइरहेको थियो । त्यतिन्जेलसम्म शिशु बोकेकी अपरिचित महिला गायब भइसकेकी थिइन् ।

एउटा शिशु लिएर महिला गायब भएपछि शल्यक्रिया कक्षबाहिर हल्लीखल्ली मच्चियो । परिवारमा छाएको खुसी एकै क्षण भरमै खोसियो । ‘तपाईलाई अफ्ठ्यारो भयो, खै दिनुस्, एकछिन म समात्छु भनेपछि समात्न दियौं,’ घटना सुनाउँदै रुक्मिनीकी सासु कुन्नीले भनिन् ‘सुरुदेखि नै उ हाम्रो पछि लागेकी थिई । सहयोग गरेजस्तो गरेर बच्चा चार्नेलाई रहेछ ।’