सार्क सम्मेलन मंसिर १० र ११ गते हुने

साउन २२,  काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलन आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुने भएको छ । सबै सदस्य राष्ट्रसँगको छलफलपछि परराष्ट्र मन्त्रालयले सार्क शिखर सम्मेलनको मिति घोषणा गरेको समाचार आजको नागरिक दैनिकमा छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सार्क शिखर सम्मेलनको विदेशमन्त्रीस्तरीय बैठक मंसिर ७ र ८ गते काठमाडौंमा हुनेछ । यस्तै सहसचिवस्तरीय प्रोग्रामिङ कमिटीको बैठक मंसिर ६ गतेलाई राखिएको छ ।

सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी ८ राष्ट्र सदस्य छन् ।