गुण्डा नाइके ‘चरी’ मुठभेडमा मारिए

साउन २१, काठमाडौँ  –  राजधानीमा  संगठित गुन्डागर्दीमा जमेका गुण्डा नाइके दिनेश अधिकारी चरी  प्रहरीसँगको दोहोरो भिडन्तमा मारीएका छन् । हत्या प्रयासको अभियोगमा  फरार  ‘चरीु आज साँझ प्रहरीसँगको दोहोरो भिडन्तका क्रममा काठमाडौंको  भीमढुंगामा मारीएको प्रहरीले जनाएको  छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसार प्रहरीसँगको दोहोरो फायरिङका क्रममा चरीलाई गोली लागेको हो। चरीमाथि प्रहरीले आठ राउण्ड गोली हानेको थियो । उनको पेट र छातीमा गोली लागेको छ ।

मोटरसाइकलमा सवार चरी गोली लागेपछि सडक किनारमा ढलेका थिए । चरीले हानेको गोली लागेर एक प्रहरी पनि घाइते भएका छन् ।  टोलीले ६ महिनादेखि चरीलाई पछ्याइरहेको थियो।

आज सीतापाइलादेखि पिछा गर्दागर्दै उनीहरूले प्रहरीमाथि गोली चलाएका चरीको जवाफी कारबाहीमा  मृत्यु भएको अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए। प्रहरी स्रोतका अनुसार चरी केही समयदेखि वान्टेडु थिए।

उनी पल्सर मोटरसाइकलमा सवार थिए। उनले सुरुमा फायर गरेपछि प्रहरीले जवाफी फायर खोलेको र दोहोरो भिडन्तका क्रममा उनको मृत्यु भएको हो । प्रहरीले पोष्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगेको छ ।