विराटनगर भन्सारमा चाप

साउन २१, विराटनगर –   सीमावर्ती भारतको जोगवनी नाकामा भन्सार एजेन्टको हडतालका कारण चार दिनदेखि अवरुद्ध भएका सामान आयात निर्यातका कार्य आजदेखि पूर्ववत् रुपमा सुचारु भएको छ ।

सो नाकामा भन्सार एजेन्टका साथै भारतबाट विराटनगर भन्सार नाकाका लागि आएका मालवाहक गाडीबाट भारतीय प्रहरीले अवैध ढङ्गले अत्याधिक रकम माग गर्न थालेपछि विवाद बढ्दै मालवाहक गाडीका सञ्चालकले पनि सेवा ठप्प पारेका थिए ।

जोगवनी नाकामा देखिएका विवाद मङ्गलबार अपराह्न साम्य भएपछि आजदेखि मालवाहक गाडीहरू विराटनगरमा प्रवेश गर्न थालेका छन् । सो कारणले विराटनगर भन्सारमा चाप अत्यधिक रुपमा बढेको छ ।