अर्थमन्त्री महत चीनतिर लागे

साउन २१, काठमाडौँ – अर्थमन्त्री डा। रामशरण महत आज चिन प्रस्थान गरेका छन । चीनका अर्थमन्त्री लाउ जिवेको निमन्त्रणामा औपचारिक भ्रमणका लागि अर्थमन्त्री महत आज विहान बेइजिङ प्रस्थान गरेका हुन। भ्रमणका क्रममा अर्थमन्त्री महतले चीनसँगको बढ्दो व्यापारघाटा न्यूनीकरण गर्ने,  लगाएत आर्थिक तथा सामाजिक विकासका लागि चीन सरकारको सहयोग जुटाउनेबारे चिनीया अथैमन्त्रिसंग छलफल गर्ने अर्थमन्त्रालयले स्रोतले जनाएको छ । भारतिय प्रधानमन्त्रि नरेन्द्रले नेपाल भ्रमण गरे लगत्तै नेपालका अर्थमन्त्रिलाई चिनीया सरकारले डाक्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।