साउन,२१, झापा – आज मेची अञ्चलभरी यातायात बन्द भएको छ । दुई यातायात व्यवसायी संस्थाबीचको विवादले गर्दा यातायात बन्द भएको हो । बन्दका कारण काँकडभिट्टाबाट काठमाडौं, पोखरा, महेन्द्रनगर, वीरगन्जलगायत अन्य क्षेत्रमा चन्ले सवारीका साधनहरु बसपार्कमै रोकिएका छन । बन्दका कारण काम बिषेशले बाहिर जाने यात्रुहरु भने अलपत्र परेका छन । जिल्लाको स्थानीय रुटमा समेत कुनै सार्वजनिक तथा निजी यातायातका साधन चल्न नसक्दा था मकाृ परेको छ । उज्यालो यातायात व्यवसायी सङ्घले काठमाडौँमा संस्था दर्ता गरी झापाबाट लामो दुरीको बस सेवा सञ्चालन गर्ने तयारी थालेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विरोधमा आज बिहानैदेखि मेची अञ्चलभरि यातायात बन्द गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि दमकसम्म र मेची सहायक राजमार्गको झापादेखि ताप्लेजुङसम्म सार्वजनिक यातायात सेवा ठप्प रहेको बताईएको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
