एसियन गेम्सको बन्द प्रशिक्षण जारीे

काठमाडौँ २१, काठमाडौँ – आगामी आश्विन ३ बाट १८ गतेसम्म दक्षिण कोरियाको इन्च्योनमा हुने सत्रौं एसियन गेम्सका लागि नेपाली खेलाडीहरुको बन्द प्रशिक्षण जारीे छ । पहिलो चरणमा १२ खेलका पुरुषतर्फ ६१ तथा महिलातर्फ ४८ गरी कुल १ सय ९ खेलाडीहरुलाई बन्द शिविरमा राखिएको छ ।

एथ्लेटिक्स, तेक्वान्दो, कराते, जुडो, बक्सिङ, उसु, कुस्ती, भारत्तोलन, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट र ट्राईएथ्लनका खेलाडीलाई बन्द शिविरमा राखिएको हो ।  सत्रौं एसियाडमा नेपालले १९ खेलमा सहभागिता जनाउने तयारी गरिरहेको छ । यी खेलहरुबाट पुरुषतर्फ २२ र महिलातर्फ १७ गरी ३९ खेलाडीले एसियाडमा सहभागिता जनाउने छन् ।

बाँकी ७ खेलको बन्द शिविर यही भाद्र १ गतेबाट सुरु हुने छ । आर्चरी, लन टेनिस, सुटिङ, सफ्ट टेनिस, गल्फ, पौडी र साइक्लिङका बन्द प्रशिक्षण भने सुरु भएको छैन । बन्द शिविर ४२ दिनसम्म चल्नेछ भने भाद्र १ गतेबाट सुरु हुने बन्द पशिक्षण ३५ दिनको हुनेछ ।