एमाओवादी बिवाद उत्कर्षमा, भट्टराईपक्ष आन्तरिक रणनीतिमा

श्रावण २१, काठमाडौँ  –  एकीकृत नेकपा माओवादीमा देखिएको विवाद उत्कर्षमा पुगीरहेका बेला एमाओवादी भित्रको असन्तुष्ट पक्ष मानीएको बाबुराम भट्राई पक्ष  पार्टी विभाजनतिर उन्मुख भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको स्थायी समितिले बैठकले बाबुराम भट्टराईपक्षलाई पार्टीपद्धति बाहिर गएको भन्दै कारवाही गरेपछि पार्टीभित्रको आन्तरिक विवाद झन बढेको छ ।

यसपटक नीतिगत भन्दा सांगठनिक विवाद भएकाले पार्टी मिल्ने सम्भावना कम देखिएको नेताहरुले बताएको छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नीतिगत र वैचारिक बहसभन्दा फरक विवाद भएकाले अब मिल्न कठिन हुने बताउनुभयो । सीआइएनसँगको कुराकानीमा श्रेष्ठले कार्यदिशा तय गर्ने तर कार्यान्वयन पक्ष कमजोर हुँदा पार्टी कमजोर अवस्थामा पुगेको बताउनुभयो ।

भट्टराईपक्षले आगामि केन्द्रीय समितिको बैठकले पार्टी फुट्न् वा नफुटने निर्धारण गर्ने बताएको छ । भट्टराईपक्षका नेता देवेन्द्र पौडेलले आफुहरु आन्तरिक छलफलमा भएको र केन्द्रीय समितिको निणर्यले धेरै कुरा निर्धारण गर्ने सीआइएनलाई बताउनुभयो । एमाओवादी केन्द्रीय समिति वैठक भदौ ११ गते बोलाइएको छ ।