सइद्धारा ५ किलो सुन डकैती

साउन १९ , काठमाडौं  –  ५ किलो सुन डकैती गरेको आरोपमा एक सइ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सई विजयप्रताप शाह पक्राउ परेका हुन् । केही दिनअघि पनि २ किलो सुन लुटेको आरोपमा कालिमाटी वृत्तका प्रहरी जवान पक्राउ परेका थिए ।

डकैती गरेको सुन उनले सुन पसलेलाई बिक्री गरेका थिए । सिआइबीले सई शाह तथा महाबौद्धस्थित सुन पसले भीससेन श्रेष्ठसहित ६ जनालाई पक्राउ गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रहरीका अनुसार गत २१ जेठमा उनीहरुले रन्जना गल्लीबाट सुन लुटेका थिए । प्रहरीले उनीहरुको साथबाट १ सय ५० ग्राम मात्र सुन बरामद गरेको छ । त्यस्तै १९ लाख रुपैयाँ बरामद गरेको छ ।