रमेश बाहुन सुन्धारास्थित भद्र कारागारमा चलान

साउन १९ , काठमाडौं   – गुन्डागर्दीका नाइके रमेश बाहुन भनिने सुजन पौडेललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ । आगुऔषध मुद्दामा उनलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

अदालतको आदेशपछि बाहुन सुन्धारास्थित भद्र कारागारमा चलान भएका छन् । १५ वर्ष कैद सजाय माग गर्दै प्रहरीले गत बिहीबार उनीविरुद्ध लागुऔषध मुद्दा दायर गरेको हो । गत १० असारमा २८ दशमलव ४ ग्राम खैरो हिरोइनसहित पौडेल पक्राउ परेका थिए ।