दोस्रो चिनियाँ जहाज दशै अघि आउने

साउन १९ , काठमाडौं   – नेपाल वायु सेवा निगमका लागि सरकारले दिएको अनुदानको दोस्रो जहाज भित्र्याउन आगामी असोजसम्म पर्खनु पर्ने भएको छ ।

प्रशिक्षक पाइलटको अभावमा वाई १२ इ नामक १८ सिट क्षमताको जहाज असोजसम्ममा मात्रै ल्याउन सकिने जानकारी निगमले दिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

चीनले गत असार २२ गते नै निगमलाई हस्तान्तरण गरेको यो जहाज साउन ९ गते काठमाडों भित्र्याइएको थियो ।

चीनले प्रशिक्षक पाइलट उपलब्ध गराउन नसक्दा यो जहाज अव असोजसम्ममा ल्याउने गरी तयारी भइरहेको निगमका कर्पोरेट निर्दैशक एवं प्रवक्ता सरोज कसजूले जानकारी दिए ।

चीनले अंग्रेजी भाषा बुझ्ने प्रशिक्षक पाइलट उपलब्ध राउन नसक्दा जहाज आउन ढिलाइ भएको हो ।