भारतीय प्रम मोदी हायातमा

साउन १८, काठमाडौँ –  नेपाल भ्रमणका लागि राजधानी आइपुगेका भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलबाट  बौद्धस्थित होटल हायात पुगेका छन् ।  नेपाल भ्रमणका क्रममा उनको निवास सोही होटलमा रहने परराष्ट मन्त्रालयले जनाएको  छ ।

विमानस्थलबाट होटलसम्म उनलाई सुरक्षा निकायका विभिन्न टोलीले स्थलगत तथा नेपाली सेनाको हेलिकोप्टरले हवाइ स्कर्टिङ गरेको थियो ।  होटल हायातमा  परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले भ्रमणका विभिन्न पक्षबारे औपचारिकरुपमा जानकारी गराउने  कार्यक्रम छ ।

सो अवसरमा परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी र नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायत दुवै देशका विशिष्ट सरकारी कर्मचारीको उपस्थिति रहने कार्यक्रम छ ।

आजै अपराह्न प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  स्वागत तथा विना सहयोगी भेटघाट गर्ने कार्यक्रम छ ।