काठमाडौ विमानस्थलमा मोदीको भव्य स्वागत

साउन १८, काठमाडौ–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका क्रममा काठमाडौं ओर्लिनु भएकोछ । उहा विशेष विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्नु भएको हो ।  उहालाई नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलमा भब्य स्वागत गर्नुभएको छ ।

मोदीलाई स्वागत गर्न प्रधानमन्त्री कोइराला सहित उपप्रधानमन्त्रीद्धय वामदेव गौतम र प्रकाशमानसिंह, पर्यटनमन्त्री भीम आर्चाय सहितका मन्त्रीहरु विमानस्थल पुगेका थिए । उनलाई १९ तोपको सलामी गारथका साथ सम्मान गरिएको छ । विमानस्थलबाट उहा हायात होटलतर्फ प्रस्थान गर्नु भएको छ । उहाको अनौपचारिक कार्यक्रम आज १२ वजे दिखि सुरु हुनेछ ।