सुनकोसीमा थुनिएको पानीलाई सुरक्षित रुपमा निकास दिन उच्च प्राथमिकता–गृहमन्त्री (अपडेट)

साउन १७, काठमाडौँ   –  उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुनकोसीमा पहिरो गएर थुनिएको पानीलाई सुरक्षित रुपमा निकास दिनका लागि सरकारले उच्च प्राथमिकताका साथ सबै सुरक्षा निकाय र राज्य संयन्त्रलाई प्रयोग गरेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गौतमले पहिरोका कारण बाँधभन्दा माथि डुबान भएको ेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लाने कार्य भइरहेको जानकारी दिए ।

गृहमन्त्री गौतमका अनुसार बाँधभन्दा तलतिर क्षति हुने सम्भावनालाई न्यूनीकरण गर्ने र जनतालाई सुरक्षित स्थानमा पुर्याउने काम भइसकेको  ।     भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि हुने भ्रमणलाई यो घटनाले कुनै असर नगर्नेसमेत उनले बताए । मन्त्री गौतमले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुसँग आज बालुवाटारमा आकस्मिक कुराकानी गरेर नदीलाई सुरक्षित तरिकाले बहाव सुचारु गर्न आवश्यक कदम चाल्न निर्देशन दिइसकेको जानकारी दिए ।

यसैबिच सुनकोशीमा गएको पहिरोमा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने १६ जनालाई उद्धार गरिएको  छ । नेपाली सेनाले ताल जमेको स्थानमा बम बिस्फोट गराएसँगै पानी बग्न थालेको  छ ।
पहिरोले बनेको बाँधको उत्तरपट्टिबाट पानी बग्न थालेको छ। सेना सहितको उद्वार टोलीका सदस्य श्रीकमल द्विवेदीका अनुसार बाँधको उत्तरपट्टीबाट नदीले आफै खोतलेको ठाउँनेरै विष्फोट गराइएको हो।
अब नदीको जमेको पानीको सतह नबढ्ने भएको स्थानीय अधिकारीले् बताएका छन् ।  तीन बजे खसेको भीषण पहिरोले सुनकोशी नदी छेकिएर झण्डैं चार किलोमिटर लामो ताल बनेको छ। पहिरोले बनाएको बाँधको उँचाई चालीस मिटर छ। यसले ताल विष्फोटको खतरा न्यून भएको प्राविधिकहरुले बताएका छन् ।