सुनकोसी नदी खुलाउने कार्य सुरु (अपडेट)

साउन १७, काठमाडौँ   –  सिन्धुपाल्चोकको माङ्खा गाविसस्थित जुरे भन्ने स्थानमा आज बिहान गएको पहिरोले थुनिएको सुनकोसी नदी खुलाउने कार्य दिउँसो २ बजेबाट सुरु भएको छ ।

अहिले नदी खुलाउन सुरक्षा निकाय परिचालन भएको र चट्टानको ढिस्को नै बगेर खोला थुनिएकाले अत्यन्त कठिन भइराखेको बताइएको  छ । हाससम्म आठ जनाको मृत्यु भएको र १०० भन्दा बढी बेपत्ता भएको जानकारी आएको छ ।

नदी थुनिएको क्षेत्रभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयवासीलाई अन्यत्र सार्ने काम पनि भइराखेको स्थानीय अधिकारीले बताएका छन् ।