भोटेकोसी र सुनकोसीमा विद्युत उत्पादन बन्द

साउन १७, काठमाडौँ ।
आज बिहान पहिरोले भोटेकोसी नदी थुनिएपछि भोटोकोसि र सुनकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुर्ण रुपमा बन्द भएको छ ।
पहिराले नदीको पानी थुनिदा १० मेगावटको सुनकोसी आयोजना पुर्ण रुपमा बन्द भएको र ४५ मेगावट भोटेकोसी जलविद्युत भोटेकोसि आयोजनाको पावर हाउसमा क्षति पुर्याउँदा उत्पादन बन्द भएको हो । दुवै जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको  छ । ति आयोजनाहरुबाट उत्पादित बिजुली उपभोग गर्ने सिन्धुपाल्चोकका स्थानियहरु अहिले बिजुली बिहीन भएका छन् । राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिएको आयोजनाको उत्पादन बन्द हुँदा थप लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकारले जनाएको छ ।