विवादित विषयमा छिट्टै सहमति प्रयास भट्टराई

साउन १६, काठमाडौँ  – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डाक्टर बाबुराम भट्टराईले संविधान निर्माणमा देखिएका मुख्य विवादित मुद्धाहरुमा अवको एक महिना भित्र सहमति जुट्ने बताएका छन् । संमितिले गरेको कामका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सभापति भट्टराईले अवको एक महिनाको समय निकै नै महत्वपुर्ण रहेकाले यो समयमा मुख्य विवादित मुद्धामा सहमति गरिने बताएका हुन् । उनले सहमति हुन बा“की रहेका शासकीय स्वरुप, संघीयता लगायतका केहि महत्वपुर्ण विषयमा सहमतिका लागि प्रयास सुरु गरिएको पनि जानकारी दिए । संविधानका कतिपय विषयमा असहमत दलहरुका असहमतिलाई लिखित रुपमा उल्लेख गर्ने तर संविधान निर्माणमा व्यापधान नपुराउने गरि अगाडी बढिने बताए ।  मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीसंग सहमति उच्च राजनीतिक तहबाट मिलाउने गरि अगाडी बढिएको विचमा प्रधामन्त्री उपचारका लागि बाहिर जादा रोकिए पनि अव पुन बढने बताए । अघिल्लो संविधान सभाको विवाद समाधान उपसमितिले सहमति गरेर संवैधानिक समितिमा पेश गर्न बा“की ४८ वटा बुदामा क्रमश सहमति गर्दे गएको उहा“ले जानकारी दिए ।