सहकर्मी शिक्षकको कुटाइवाट मृत्यु

साउन १६,  डोटी –  सहकर्मी शिक्षकको कुटपिटवाट डोटीको विपिनगरमा एक जनाको मृत्यू भएको छ ।  बर्छैन ९ विपिनगर स्थीत आदर्श प्राथमिक विद्यालयका शिक्षक दान बहादुर बोहराको छिमेकी गाविस निरौलीको दुर्गा निम्नमाध्यामिक विद्यालयका प्रधानाध्यापक भिम बहादुर बोहराको कुटाईवाट मृत्यू भएको हो । ईलाका प्रहरी कार्यालय विपिनगरका अनुसार बुधवार आदर्श प्राथमिक विद्यालयमा भएको अभिभावक भेलाका क्रममा मृतकले विद्यालयको कोषवाट ब्याजमा ५ हजार रुपैया लगेको र साँवा व्याज नतिरेको भन्दै अभियूक्तले कुटपिट गरेको बताईएको छ । पिटाइवाट मृतकको  कान र मुखबाट रगतसंगै फिँज आएपछि हिजो बोहोराको मृत्यु भएको हो । मृतकका आफन्तले प्राधानाध्यापक भिमवहादुरको कुटपिटवाट मृत्यू भएको भन्दै कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय विपिनगरमा उजुरी गरेका छन् ।