प्रम कोईराला र मोदीले एक घण्टा छुट्टै वार्ता गर्ने

साउन १६, काठमाडौँ –  पर्सीदेखि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन मद्यत पुग्ने भन्दै सम्बन्धलाई नयाँ आयाममा पुर्याउनका लागि पनि दुवै देशका सरकार प्रमुखवीच वान टु वान वाएक घण्टा वार्ताका लागी विशेष समय छुटेयाइएको  छ ।

सो समयमा दुवै प्रधानमन्त्रीवीच नेपाल–भारत सम्बन्धको वारेमा बहस, आर्थिक विकासको संभाव्यता, संविधान लेखन, आगामी दिनमा कसरी सहकार्य गर्नेवारेमा पनि छलफल हुने परराष्टमन्त्रालयको उच्च स्रोतले जनाएको  छ । यसअघि मोदीसँगै केही भारतीय मन्त्री आउने बताइए  पनि भारतीय मन्त्रीहरु सामेल नहुने भएका छन् ।

आज परराष्ट्रय मन्त्रालयमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीको भ्रमणमा भारतीय मन्त्री सामेल नहुने जानकारी दिएका हुन् । मोदीसँग उनका सुरक्षा मामिला सल्लाहकार, परराष्ट्र सचिव हुनेछन् । मोदी भ्रमणको बेला हुने द्विपक्षीय वार्तामा नौ सदस्यीय टोली हुनेछ । मन्त्री नआउने भएपछि मोदी भ्रमणको क्रममा हुने सम्झौताहरु सचिवस्तरीय हुनेछन् ।

मोदीको भ्रमण टोली ७५ जनाको हुनेछ । मन्त्रीका अनुसार मोदी आईतबार विहान १०स्५५ मा काठमाडौ आउनेछन् । उनलाई स्वागत गर्न प्रधानमन्त्री सुशिल कोईराला आँफै त्रिभुवन विमानस्थलमा पुग्नेछन् । त्यस लगत्तै मोदीलाई पराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले उनी बस्ने होटल ह्यातमा विफ्रिङ् गर्नेछन् ।