सार्वजनिक लेखा समितिमा शर्मा निर्विरोध निर्वाचित

साउन १६, काठमाडौं – सार्वजनिक लेखा समितिको सभापतिमा एमाओवादी नेता तथा का साभासद जनार्दन शर्मा निर्विरोध निर्वाचित भएका छन् । समितिको सचिवालय सिंहदरबारमा आज भएको  निर्वाचनमा सभासद् शर्मालाई सभापति चयनका लागि समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहले प्रस्ताव गरेका थिए भने एमाओवादी सांसद डोर प्रसाद उपाध्यायले समर्थन गरेका थिए । समितिका ज्येष्ठ सदस्य कृष्णकुमार राईको अध्यक्षतामा बसेको बैठकले सभासद् शर्मालाई निर्वाचित भएको घोषणा गरेका छन् । नवनिर्वाचित सभापति शर्मालाई सभामुख सुवासचन्द्र नेम्वाङले आजै पद तथा गोपनीयताको शपथ  समेत  खुवाई सकेका छन । नवनिर्वाचित सभापति शर्माले सार्वजनिक निकायमा हुने भ्रष्टाचार र अनियमिततालाई न्यून गर्ने  लैजाने प्रतिबद्धता जनाउँदै सबैको सरसल्लाहमा काम गर्ने बताए  ।