मोदीलाई संसदको ड्यासमै राखिने

साउन १६, काठमाडौँ –  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यवस्थापिका संसदको ड्यासमै राखिने भएको छ ।  प्रधानमन्त्री  मोदीले यही १८ गते संसद बैठकलाई सम्बोधन गर्दैछन् । उनलाई कसरी संसद भवनमा प्रवेश गराउने भन्ने विषयमा छलफल हुँदा ड्यासमै राख्ने निर्णय भएको हो । रोष्टम नजिकै नयाँ सिट बनाएर ड्यासमै राख्ने शुक्रबार भएको कार्यव्यवस्था समितिको बैठकले निर्णय गरेको हो ।

यसअघि मोदीलाई ड्याममा राख्दा प्रधानमन्त्री भने तल सभासदहरुसँगै अगाडिको लहरमा हुने भएकाले प्रोटोकल नमिल्ने हो कि भन्ने चर्चा चलेको थियो ।कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा सम्बोधन गर्न जाँदा मोदीलाई राख्ने ठाउँको टुंगो लगाएको हो । रोष्ट्रम नजिकै नयाँ पोडियम बनाएर मोदीलाई राखिने कार्य व्यवस्था परामर्श समितले जनाएको  छ ।

आइतबार विहान काठमाण्डू आउने मोदीले दिउँसो ४ बजेर २५ मिनेटमा संसद्लाई सम्बोधन गर्ने कार्यसूचि छ ।  मोदीले अपराहृन ४० मीनेट संसदलाई सम्बोधन गर्नेछन् । नेपालको संसदमा विदेशी सरकार तथा राष्ट्रप्रमुखले रोष्टममै उभिएर सम्बोधन गर्न लागेको यो पहिलो घटना हो ।