निजी संचारमाध्यमहरुलाई प्रवेश निषेध

साउन १६, काठमाडौं– आइतबार नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग गरिने बैठकमा निजी संचारमाध्यमहरुलाई प्रवेश नदिईने भएको छ । सुरक्षा संवेदनशिलताका कारण उनिसंग गरिने बैठक तथा भेटघाटमा निजी संचारमाध्यमहरुलाई प्रवेश गर्न नदिइने भएको हो । मोदीको दुई दिने औपचारिक नेपाल भ्रमणका क्रममा हुने बिभिन्न कार्यक्रममा  सरकारी मिडियाले मात्रै प्रवेश पाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ लगाएत शिर्ष दलका शिर्ष नेताहरुसंग पनि भेटधाट गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष केपी शर्मा ओली , एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड र केही मेधसी नेताहरुसँग पनि छुट्टा(छुट्टै भेटघाट गर्ने कार्यक्रम रहेको भारतिय दुतावासले जनाएको छ। मोदी र कोइराला नेपाल–भारतबीच हुने द्विपक्षीय बैठकमा पनि सहभागी हुनेछन्।  प्रत्येक भेटघाट तथा बैठकबारे निजी मिडियालाई परराष्ट्रका सहसचिवद अमृत राई र खगनाथ अधिकारी र परराष्ट्रकै सहायक प्रवक्ता भरतकुमार रेग्मीमध्ये एक जनाले जानकारी दिने ब्यवस्था मिलाईएको  छ । बैठक तथा भेटघाट सकिएको १० मिनेटपछि त्यहाँको गतिबिधीबारे निजी संचारमाध्यमहरुलाई जानकारी दिईने छ ।  तर , भारतीय प्रधानमन्त्री मोदी आइतबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भने सरकारी तथा निजी संचारमाध्यमहरुले निर्बाद समाचार संकलन  गर्न पाउने छन । मोदीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले अहिले दिउँसो ३ बजेपछि पत्रकार सम्मेलन गर्दैछ।