सहमति भएका विषयलाई पुर्णता दिइने

साउन १४ काठमाडौ –  संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका यसअघि सहमति भएका विषयलाई पुर्णता दिन उपसमिती गठन गरेको छ ।

आज बिहान सिंहदरबारमा बसेको समिति बैठकले ८ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिले अब यसअघिका सम्पुर्ण सहमतिलाई पूर्णता दिने बताइएको छ  । यस्तै, बैठकमा संविधानसभा बाहिर रहेका दलहरुसँंग वार्ता गर्न गठित उपसमितिले वार्ताको प्रगति प्रस्तुत गरेको थियो  ।

कांग्रेस सभासद आनन्दप्रसाद ढुंगाना नेतृत्वको वार्ता उपसमितिले पुर्वका विभिन्न भुमिगत तथा शसस्त्र समुहसँग गरेको वार्ता सकारात्मक भएको निश्कर्षसहितको प्रतिवेदन पेश गरेको छ ।