हरित सम्मेलन सुरु

साउन १४ काठमाडौ –   नेपालको स्वास्थ्य सेवा प्रणालीलाई वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि राजधानीमा दुईदिने हरित अस्पताल सेमिनार सुरु भएको छ ।     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा दक्षिण एसिया क्षेत्रमै पहिलोपटक यस किसिमको सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा एफएचआइ ३६०, हेल्थ केयर विदआउट हार्म, हेल्थ केयर फाउण्डेसन नेपाल, द ग्लोवल ग्रीन एण्ड हेल्दी हस्पिटल नेटवर्क र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजना रहेको छ । नेपालको स्वास्थ्य सेवा प्रणालीको वातावरण स्वच्छ बनाउन यसले खेल्ने भूमिका विषयमा आयोजित सम्मेलनमा वक्ताहरुले अस्पताललाई स्वच्छ वातावरणीयस्थलका रुपमा स्थापित गर्न आवश्यक रहेको बताए ।

 भोलिसम्म चल्ने सम्मेलनमा नेपाललगायत एसिया प्रशान्त क्षेत्रका १५० भन्दा बढी देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिने पनि जानकारी गराइएको थियो ।