भट्टराईद्धारा पार्टी विघटनको प्रस्ताव

साउन १५ , काठमाडौं –  एकीकृत नेकपा माओवादीभित्र देखिएको विवाद समाधान नहुने दिशातिर उन्मुख भएको छ । विवाद समाधान गर्नका लागि भएका बैठकमा दुबै पक्षले आ आफ्नो अडान दोहोर्याउदै गएपछि विवाद बढेको हो ।

नेता बाबुराम भट्टराइले पार्टी विघटन गरेर विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेपछि विवाद थप थुलिएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेता भट्टराईले पार्टीमा समस्या देखिएको भन्दै पार्टीलाई विभाजन गरौं, विधि नमानौं र विघटन गरौं भन्ने प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेपछि विवाद समाधान हुने संभावना न्युन हुँदै गएको एक नेताले बताए ।

केन्द्रमा आफूहरुले राख्दै आएको मागको विषयलाई सम्बोधन गर्न तयार नभएपछि सबै जिल्लामा समानान्तर कमिटि घोषणा गरेर आफ्नो प्रभाव देखाउने भट्टराई पक्षको तयारी छ ।

बाबुराम पक्षीय नेता गंगा श्रेष्ठले संस्थापन पक्षले निेशष गरेको जिल्लामा समानान्तर कमिटि बनेको स्वीकार गरे । स्रोतका अनुसार भट्टराइ पक्षले ७५ वटा जिल्लामै समानान्तर कमिटि गठन गदैैछन् ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।