विनियोजन विधेयकमाथि भोलिदेखि छलफल सुरु हुने

 साउन १४ काठमाडौ – व्यवस्थापिका–संसदमा विनियोजन विधेयकमाथि भोलिदेखि छलफल हुने भएको छ ।  चालु आवको बजेट सार्वजनिक भएको १७ दिनपछि राष्ट्रिय योजना आयोगले सांसदहरुलाई आज रातो किताब उपलब्ध गराएकाले विधेकयमाथि भोलिदेखि छलफल हुन लागेको हो ।

  आयोगले समयमै ‘रातो किताब’ उपलब्ध गराउन नसक्दा व्यवस्थापिका–संसद्मा विनियोजन विधेयकमाथिको छलफल प्रभावित हुन पुगेको थियो । विधेयकमाथि छलफल गर्न संसद् सचिवालयले यही साउन ८ गतेदेखि आगामी भदौ ५ गतेसम्म दैनिक कार्यसूची तयारसमेत पारेको थियो ।

जिल्लागत योजना तथा  कार्यक्रम र  तिनका लागि छुट्याइएको रकम उल्लेख भएको विस्तृत पुस्तकलाई रातो किताब भन्ने गरिन्छ ।