अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर्स ट्रेनिङ सुरु

 साउन १४ काठमाडौ ।

विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) तथा राष्ट्रिय तेक्वान्दो युनियन नेपाल र राष्ट्रिय विद्यालय तेक्वान्दो महासङ्घको संयुक्त आयोजनामा ३७ औँ अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर्स ट्रेनिङ कोर्स आजदेखि सञ्चालन भएको छ ।

 त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सञ्चालन भएको उक्त ट्रेनिङ कोर्समा नेपालसहित भारत, श्रीलङ्का, ओमान, संयुक्त अरब इमिरेट्स (युएई), तान्जिनिया, साउदी अरब, मलेसिया र हङकङ गरी नौ राष्ट्रका १२८ प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

    सहभागी प्रशिक्षार्थीलाई विश्व तेक्वान्दो एकेडेमीका महानिर्देशक ओ डे योङ, ग्रान्ड मास्टरद्वय सि मिन हक र को क्वान मुनले प्रशिक्षण दिने आयोजक युनियनले जनाएको छ  ।    परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले एक कार्यक्रमबीच उक्त ट्रेनिङ कोर्सको उद्घाटन गर्नुभयो । टेर्निङ कोर्स साउन १८ गतेसम्म सञ्चालन हुनेछ ।