दुर्घटनामा पैदल यात्रीको मृत्यु

साउन १४ काठमाडौ –  पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती नगरपालिका वडा नं ३ मा ट्रकले पैदल यात्रीलाई ठक्कर दिदा एकजनाको घटनास्थमानै मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम जांदै गरेको ना.५.ख ४३८७ नंम्बरको मालबहाक ट्रकले कालिकोट स्युना गाबिस ६ का  १८ वर्षिय बिष्णु कडेरालाई ठक्कर दिदा घटनास्थमानै ज्यान गएको ईलाका प्रहरी कार्यलय कावासोतीले जानकारी दिएको छ ।

शवको पोष्टमार्टमका लागी दुम्कौली उपस्वास्थ्यचौकी दुम्कौली लगिएको बताईएको छ ।