साउन १४, काडमाडौँ – विभिन्न दलका नेताहरुले भारतसँग भएका पुराना सन्धि सम्झौता पुनरावलोकन गरि नयाँ गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजीत कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आर्चायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आर्थिक विकासका एजेन्डामा छलफल गर्नुपर्ने बताएका हुन् । उनले सन् १९५० र १९६३ मा भएका सन्धि÷सम्झौता गर्दा भएका कमीकमजोरीलाई पुनरावलोकन गर्नु जरुरी भएको बताए । त्यस्तै एकीकृत माओवादी नेता देवेन्द्र पौडेलले नेपाल–भारत सम्बन्धलाई नयाँ शिराबाट विस्तार गर्न आबश्यक रहेको बताए । नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले नेपाल–भारत ऊर्जा सम्झौता दुई देशको हितका पक्षमा भएको र मोदीसँग नेपालको आर्थिक उन्नतिका साथै नेपालको हितका एजेन्डाको छलफल गर्नुपर्ने विचार राखे । उनले प्रधानमन्त्रीसँग हुने एजेण्डामा सरकारले सहमति जुटाउनुपर्ने धारणा राखेका थिए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
