एकीकृत माओवादीको स्थायी समितिको बैठक बस्दै

साउन १४, काठमाडौँ – एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक आज बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने बैठकमा विशेष गरी सार्वजनिक लेखा समितिको सभापतिमा पार्टीबाट पठाउने व्यक्तिको विषयमा छलफल हुने प्रवक्ता दिनाशर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार पार्टीमा देखिएको विवादलगायतका विषयमा पनि बैठकमा छलफल हुने छ । विभिन्न जिल्लामा पार्टीको समानान्तर कमिटीहरु गठन हुन थालेपछि अध्यक्ष प्रचण्ड र नेता डा बाबुराम भट्टराईबीच देखिएको मतभेद टुंग्याउन शीर्ष तहमा माओवादीले पहल थालेको छ ।