व्यबस्थापीका संसदको बैठक बस्दै

साउन १४, काठमाडौँ –  व्यबस्थापीका संसदको बैठक आज बस्दै छ । दिउसो १ बजे संबिधानसभा भवन नयाँबानेश्वरमा बस्ने बैठकमा संसदमा पेस भएका विभिन्न विद्येकमाथि छलफल हुने संसद सचिवालयका प्रबक्ता मुकुन्द शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार आजको बैठकमा अदालतको अबहेलना संबन्धी विधेकमा छलफल हुने कार्यसुचि छ । सो बिद्येकबारे बिभिन्न क्षेत्रबाट बिरोध भएपछि छलफलकालागि संसदमा लगिएको हो ।

रातो किताब छपाईमा ढिलाई भएकोले बिनियोजन बिद्येक माथिको छलफल भने अझै केहिदिन नहुने भएको छ ।