रामेछापमा २ करोड राजश्व संकलन

साउन ११, काठमाडौँ- जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष २०७०÷०७१ मा करिब २ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । वैदेशिक रोजगारमा जाने युवाहरुको चाप बढेसँगै एमआरपी राहदानी बनाउने युवाको संख्या पनि बढेको छ ।

रामेछाप जिल्लाबाट यो आर्थिक वर्षमा परराष्ट्र मन्त्रालयवाट राहदानी लिनका लागि ८ हजार ४ सय ९५ वटा सिफारिस गरिएको छ । यो वर्ष संकलन गरेको राजस्व अघिल्लो आर्थिक वर्षको भन्दा ४० प्रतिशतले बढी हो ।