मधेसी, दलित, जनजाती सबै पक्षको विश्वास लिदै पार्टी एकतावद्ध भएर अगाडी वढ्छ – विष्णु पौडेल, उपमहासचिव- नेकपा एमाले

नेकपा एमालेको नवौँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित हुनुभएका नेता विष्णु पौडेल  पार्टीको कुशल सङ्गठकका रुपमा पनि परिचित हुनुहुुुन्छ  ।  एमालेको नवौ महाधिवेशनले दिएका सन्देश, संविधान निर्माण प्रकृया लगायत विषयमा केन्द्रित रहि प्रष्ट वक्ता पौडेलसंग इमेल खवरले गरेको संक्षिप्त कुराकानी :

नेकपा एमालेको नवौ महाधिवेशनले दिएको सन्देश के हो ?
नवौ महाधिवेशन एमालेको इतिहासकै युगिन महत्वको महाधिवेशन हो । महाधिवेशनले विचारको हिसावले केही महत्वपूर्ण निर्णय गरेको छ । हामीले २०६२, ६३ को राजनीतिक जनक्रान्ति र त्यसले ल्याएको परिवर्तनका बारेमा एउटा उचाइबाट मुल्याङकन गरेका छौँ । नेपाली समाजको चरित्र र यसको वरुपको बारेमा हामीले कही महत्वपूर्ण  निर्णयहरु गरेका छौँ । आउने दिनमा हाम्रो राजनीतिक यात्रा कुन दिशामा जान्छ त्यसको निक्र्योल यो महाधिवेशनले गरेको छ । यसबाट हामीले बिगतका राजनीतिक इतिहासका उपलब्धीहरुलाई हामीले संस्थागत गर्ने काम गर्दै सुखी जनता र समृद्ध राष्ट्र निर्माण्ँमा लाग्न हामी अग्रसर छौँ । यही नै हाम्रो निश्कर्र्ष हो । हाम्रा हरेक राजनीतिक कामहरु यही उद्देश्यका लागि प्रेरित हुन्छन् ।

नेकपा एमालेले नवौ महाधिवेशनमा प्रयोग गरेको नारा अनि भर्खर तपाईले पनि भन्नु भो सुखी जनता समृद्ध नेपाल, यो भनेको चाही के हो नी ?
सुखी जनता समृद्ध राष्ट्र को तात्पर्य हामीले ०६२, ६३ को राजनीतिक क्रान्ति पश्चात त्यसले ल्याएका परिवर्तन र उपलब्धीहरुलाई संस्थागत गर्नका लागी संविधानका माध्यमबाट हामीले सामाजिक आर्थिक क्षेत्रमा पनि तिव्रता दिन चाहान्छौ । हरेक नेपालीले सुखी र समृद्ध जीवन बाँच्न सक्ने र त्यस अर्थमा सबल तरिकाले आङ्खनो परिचय दिन सक्ने तहमा राष्ट्र निर्माण्ँ गर्दै समाजबाट उन्मुख सामाजिक आर्थिक रुपान्तरण आजको आवश्यकता हो भन्ने यसको तात्पर्य हो ।

निर्वाचनबाट आएको परिणामले केन्द्रिय कार्यभारलाई पुरा गर्न सक्ला भन्नेमा तपाई कति विश्वश्त हुनुहुन्छ ?
विचारमा सहमति भए सँगै नेतृत्वमा पनि सहमती गराँै भन्ने नै हाम्रो मुख्य ध्येय थियो नै तर हाम्रो कोशिस प्रभावकारी हुन सकेन । त्यसकारण हामी सहमतीबाटै निर्वाचनमा गएका थियाँै । निर्वाचनको परिणामलाई हार्ने जित्ने सबैले सम्मान ढङगले सम्मान गरेका छौ । निर्वाचनको परीण्ँमले हाम्रो पार्टीलाई कुनै प्रतिकुल असर पार्छ भन्ने मलाई लाग्दैन । महाधिवेशन पुर्वका सबै कर्मलाई बिर्सर्दै हामी सबै पदाधीकारी सदस्य र कार्यकर्तालाई एक ढिक्का बनाएर लैजान्छौँ । निर्वाचनको परिणाम हाम्रो पार्टीको अग्रगतीको साधक हुन्छ जस्तो लाग्छ मलाई । मधेसी मुलको प्रतिनीधित्व गर्दै आएका एक जना नेता पनि पदाधीकारीमा चयन सकेनन, त्यस्तै दलित समुदायका नेतालाई त पदाधीकारीमा नै उठाइएन, यसले राम्रो सन्देश दिएननी रु खास गरि यो कोण्ँमा तपाइको मत स“ग म सहमत छु । हामी यो अभावलाई अन्य बैकल्पिक माध्यमबाट पुर्ती गछाँै । हामी मधेसी, दलीत, जनजाती सबै क्षेत्रको विश्वास लिन्छौँ । हामी सबैलाई एकतावद्ध गरेर लिएर जान्छौँ ।

यहाँ पार्टीमा कुशल सङगठकका रुपमा पनि चिनिनुहुन्छ । पार्टीमा यो अवस्था कसरी हुन गयो ?
महाधिवेशनमा हामीले विभिन्न पदहरुको व्यवस्था गर्यौँ  । दलित, जनजाती, मधेसी, आदीवासी, महिला सबैको प्रतिनितित्व हुने गरी सन्तुलीत ब्यबस्था गरेर जाउ“ भन्ने प्रस्ताब पनि आएको हो । तर छलफलका क्रममा समय अभावले गर्दा हामी निष्कर्षमा पुग्न असमर्थ भयौँ । त्यो एउटा कमजोरीको पाटो हो हामीले त्यसलाई स्वीकार्दै आगामी दिनमा यस्ता विषयलाई सच्याएर अगाडी बढ्नुको विकल्प छैन । राष्ट्रिय राजनीतिमा हामी सबैको समान भुमिकालाई समान हैसित र अवसरका साथ अगाडी बढ्ने छौँ ।

भनेपछी मधेसका र दलितका नेताहरु, एमालेको पदाधीकारी बन्न अझै पनि योग्य छैनन भनेर बुझ्न सकिन्छ ?
त्यस्तो होइन । कमी कमजोरी कही न कही भएका छन । यसलाई पार्टीले स्वीकारेर अगाडी बढ्छ । यसका कारण खोतल्न भन्दा पनी यसलाई नयाँ उचाइबाट समस्या समाधान गर्न जरुरी छ भन्ने मलाई लाग्छ । खासमा मधेसी दलित महीलाको भुमिकालाई स्थापित गर्ने अभियानमा हामी लाग्छौँँ ।

प्यानलका कारणले चिरिएका मन र परीणामका कारणले कुडिएका मनलाई ब्यबस्थित गरेर पार्टीलाई अगाडी लैजान के के योजना छन् तपाईसँग ?
पार्टीमा चुनावका कारण्ँ कुनै मन कुडिने र भत्कीने काम भएको छ जस्तो मलाई लाग्दैन । अब बितिसकेका कुरालाई हेर्नु भन्दा हामी अब कसरी सबल समृद्ध र उन्नत पार्टी बनाउने भन्ने ढङगले लाग्नु पर्छ भन्ने मलाइ लाग्छ । हाम्रा उद्देश्य ध्येयहरुलाई एकतृत गर्दै अगाडी लैजान्छौँ ।

संविधान निर्माण्ँका सन्र्दभमा एमालेको भूमीका निर्णायक तहमा छ नै, अझ यसलाई प्रभावकारी बनाएर लैजान के गर्न सकिन्छ ?
नेकपा एमाले संविधानसभामा आङ्खनो सम्पूर्ण० सार्मथ्यका साथ उपस्थित हुन्छ, यसमा दुइ मत छैन । संविधान समयमा निर्माण्ँ गर्न सकिएन भने त्यसले दिने परीणाम अकल्पनीय हुने छ । त्यसकारण्ँ हामी सम्पूर्र्ण तागतका साथमा समयमा संविधान बनाउनुको बिकल्प छैन । संविधान जनमुखी, अग्रगामी, लोकतान्त्रिक होस् भनेर हामी लाग्छौँ ।

तपाइले भने जस्तो सहज छ त रु  अवस्था झन् भन्दा झन् जटील बन्दै गएको छ भन्छन, विभिन्न मोर्चा बन्दीहरु पनि हुदै गएका छन् नी ?
यो संविधान निर्माण गर्ने काम त्यति सजीलो र सहज कुरा होइन रहेछ । मैले आज आएर बुझ्दै छु । यो विषय हामीले बाहिर सोचे जस्तो सामान्य विषय होइन रहेछ । यो चाही विभिन्न शक्ति र तत्वका आपसी सम्बन्धका कारण पनि प्रभावित हुने काम भइरहेको छ ।

संविधान निर्माणका क्रममा आएका बाधा ब्यबधान र चुनौतीहरुलाइ छिचोल्दै हामी अघि बढ्नु पर्छ । त्यसको आधार के हो त ?
यसको आधार संविधानको अभाबमा उत्पन्न परिस्थीतिका बारेमा सबैलाई कुनै न कुनै रुपमा महसुस भएको छ । त्यसकारण्ँ सबैले आ आङ्खना ठाउ“बाट संविधान निमार्णको कोशिस गर्लान । तर संविधान बनाउने। सन्र्दभमा हरेक राजनीतिक शक्ति तयार होलान् र हुनु पर्छ भन्ने मलाई लाग्छ ।

त्यसो भए नेकपा एमाले संविधान निर्माणका लागि साँच्चिकैको नेता पार्टी बन्न सक्छ रु सक्छ भन्ने आधारहरु के के छन् तपाईसँग ?
नेता नीतिको आधारमा तय हुने कुरा हो । त्यसकारण हाम्रो पार्टी नीतिगत र सैधान्तिक कार्यत्रमका साथ अगाडी बढेको छ । देशको जनाधार र यसले निर्वाह गरेको भुमीकाका कारण्ँ नै नेकपा एमाले आगामी दिनमा नेता पार्टी बन्न सक्छ भन्ने नै मुख्य आधारहरु हुन् ।

उपमहासचिव ज्यु, अन्त्यमा तपाइलाई लागेका र हामीले सोध्न छुटाएका त्यस्ता केही जिज्ञासा वा राख्नै पर्ने कुरा केही छन्  ?
आज सिङगो राष्ट्रको ध्यान संविधान निर्माण्ँमा केन्द्रित छ । समयमानै संविधान निर्मार्ण गर्ने कुरामा हामी सबै लाग्न सकौँ, लागाँै । र, संविधान निर्माण सँगसगै मुलुक निर्माणको अभिारालाई लिएर जाऔँ । आजको आवश्यकता शुखी जनता समृद्ध राष्ट्र भन्ने नै हो । त्यसैले यो तात्पर्यलाई सबैले आत्मसाथ गरेर अघि बढ्नु आजको टड्कारो आवश्यकता हो ।