विश्वकप रसियामा गर्न नहुने

साउन ११, काठमाडौँ – बेलायतले सन् २०१८ को विश्वकप फुटबल रुसमा गर्न नहुने बताएको छ । रुस सुरक्षाको दृष्टिले जोखिपुर्ण बनेको भन्दै बेलायतका उपप्रधानमन्त्री निक क्लेगले त्याहा विश्वकप फुटवल प्रतियोगिता गर्न उचित नहुने बताएका हुन् । युक्रेनमा भएको मलेसियाली बिमान दुर्घटनाको एक कारण रुस पनि भएकाले फुटवल प्रतियोगिता आयोजनाको निर्णयबारे पुर्नबिचार गर्नुपर्ने उहाको तर्क छ ।

विश्वकप आयोजना रुसमा गर्ने विषयमा फिफा र विश्व समुदायले गम्भिर भएर सोच्न आवश्यक रहेको क्लेगको भनाई छ ।  यद्यपी, फिफा अध्यक्ष सेप ब्लाटरले त्यस्तो बिकल्प खोज्नेबारे अहिले नै बिचार गर्नुपर्ने बेला नभएको बताएका हुन् ।