नेपाल–भारत संयुक्त आयोगको बैठक बस्दै

साउन १०,  काठमाडौं – नेपाल र भारतको संयुक्त आयोगको बैठक आज बस्दैछ   ।  दुइ मुलुकको हितका लागी २७ बर्ष अघि गठीत आयोगको बैठक २३ बर्षपछि आज बस्न लागेको हो । बैठकका लागी भारतीय विदेश मन्त्री  सुष्मा स्वराज हिजै नेपाल आइसकेकी छिन् ।

विहान १० बजे पछि राजधानीको याक एण्ड यति होटलमा बस्ने बैठकमा विभिन्न पाँच विधामा केन्द्रित रहने परराष्टमन्त्रालयका प्रवत्ता दिपक धितालले जानकारी दिए । दुवै मुलुकका उच्चपदस्थ अधिकारी र विज्ञ प्रतिनिधिहरुको हिजोका बैठकले आजको बैठकका एजेण्डा तय गरेको छ ।

बैठकमा राजनीति, सुरक्षा, सिमाना तथा सीमा व्यवस्थापन, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार एवम् पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति, शिक्षा एवम् सञ्चारबारे गहन विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।