स्वराजले दिनभर राजनीतिक भेटवार्ता गर्ने

साउन १०, काठमाडौँ – नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले आज दिनभर राजनीतिक भेटघाटलाई सक्रियता दिने भएकी छिन् । नेपाल र भारतको संयुक्त आयोगको बैठक अघि र पछि गरी विभिन्न चरणमा उनले भेटवार्ता गर्ने पराराष्ट मन्त्रालयले जनाएको  छ    । अहिले केही बेरमा स्वराजले मधेसवादी दलहरुसँग सामुहीक भेटवार्ता गर्ने भएकी छिन् ।

मधेसवादी दलसँगको भेटवार्तापछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता हुनेछ । आजै दुईदेशको बैठकपछि राष्ट्रपति डा रामवरण यादवग प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।  एकीकृत नेकपा  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि आजै भेटावार्ता हुनेछ ।

  आज साँझ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने दुतावासले जनाएको छ । भोलि बिहान भगवान पशुपतिनाथको दर्शन गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ भारतीय दुतावासले जनाएको  छ ।