राप्रपा संसदीय दलको नेता तथा उपनेताको निर्वाचन आज

साउन १०,  काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेता तथा उपनेताको निर्वाचन आज हुने भएको छ । निर्वाचन मध्यान्ह्न १ बजे दलको कार्यालय सिंहदरबारमा हुने राप्रपाले जनाएको  छ ।

संविधानसभामा सो पार्टीको प्रत्यक्ष र समानुपातिक गरी १३ सभासद् छन् ।  संसदीय दलको नेता तथा उप नेता निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयन पत्र दर्ता विहान ८ बज देखि सुरु भएको छ भने उम्मेदवारको अन्तिम नामावली साडे १० बजे प्रकाशन हुनेछ ।