गृहकार्य नभै हतारमा कुनै निर्णय गर्दैनौँ : तीन दल

साउन ९, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको केही दिन पछि हुने  नेपाल भ्रमणबारे छलफल गर्न शुक्रबार बिहान बसेको ३ शिर्ष दल काँगे्रस, एमाले र एमाओवादी सहितका  प्रमुख तीन दलको बैठकले कुनै पनि ठूलो सन्धी–सम्झौता नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार बिहान बसेको  बैठकले भोली देखि हुने नेपाल–भारत सँयुक्त आयोगको बैठकका एजेण्डाबारे पनि छलफल भएको प्रधानमन्त्रीका प्रस सल्लहाकार प्रकाश अधिकारीले जानकारी दिए ।

तीन दलको बैठकले मोदीको भ्रमणमा विद्युत व्यापार लगायतका कुनै पनि सम्झौता नगर्ने सहमति भएको काँग्रस महामन्त्री कृष्ण प्रसाद सिटौलाले  बताए । सिटौलाका अनुसार मोदीको भ्रमणको अवसरमा  कुनै सम्झौता गर्नुपरे आन्तरिक सहमति जुटाएरमात्रै गरिने भएको  छ ।  ‘तीन दलीय बैठकले जीएमआरसँग गर्ने भनिएको ‘अपर कर्णालीको पीडीएका साथै भारतले प्रस्ताव गरेको विद्युत व्यापार सम्झौतासमेत नगर्ने सहमति गरेको बताइएको छ । महामन्त्री सिटौलाका अनुसार ‘भारतले आग्रह गर्दै आएको सुपदर्गी लगायतका सन्धी सम्झौतामा पनि मोदीको भ्रमणमा कुनै लिखत नगर्ने तीन दलवीच सहमति भएको छ ।

उच्च स्रोतका अनुसा।रतयारी बिना कुनै  गृहकार्य नपुगेको विषयमा सन्धी सम्झौता गर्न नेता राजी भएका छैनन् । आजको बैठक मोदीको भ्रमणलाई सफल एवं सकारात्मक बनाउनुपर्ने क्न्द्रित रहेको महामन्त्री सिटौलाका बताए । भारतीय प्रधानमन्त्रीको १७ वर्षपछि हुन लागेको नेपाल भ्रमण बेला
भारतसँग पावर ट्रेड एग्रिमेन्ट गर्ने तयारी भइरहेका बेला तीन दलबीच भएको यो निर्णयसँगै यो सम्झौताबारे व्यवापक बहस सुरु भएको   छ ।

हाल भारतीय पक्षले यो सम्झौता बारे गरेको प्रस्ताव विवादमा आएको छ । सत्तारुढ दल कांग्रेस र एमालेले यो सम्झौता गर्नुपर्ने बताइरहेका छन् भने, विपक्षी एमाओवादीलगायतका दलले विरोध गर्दै आएका छन् । भारतीय प्रधानमन्त्री मोदी यही साउन १८ गते नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।