श्रीमती देहव्यापारमा लगाउने श्रीमानलाई १० बर्ष कैद

साउन ९, काठमाडौं – श्रीमतीलाई जबर्जस्ती देहव्यापारमा लगाउने श्रीमान्लाई भक्तपुर जिल्ला अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । सिन्धुपाल्चोकका  दीपक पण्डितलाई जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले ११ वर्ष कैद, ५५ हजार जरिवाना र त्यसमा थप ५० प्रतिशत क्षतिपूर्तिसहितको फैसला सुनाएको हो ।

पण्डितले २०५५ मा मागी विवाह गरेका थिए । उनले  २७ वर्षीया ति महिलालाई विभिन्न स्थानमा लगेर शारीरिक तथा मानसिक यातना दिँदै जबर्जस्ती यौन धन्धामा लगाएको पुष्टि भएपछि फैसला सुनाइएको हो । पण्डितका एक छोरा र एक छोरी छन् ।