मुख्य सचिव परिवर्तन हल्ला मात्रै: गृहमन्त्री

साउन ९ काभ्रे – उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले कसैको चरित्र हत्या गर्ने किसिमले मुख्य सचिव परिवर्तन को हल्ला गरिएको बताएका छन् । अहिले मुख्य सचिव परिवर्तन गर्न कुनै जरुरी नरहेको भन्दै गृहमन्त्री गौतमले यो हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारे । मध्यमाञ्चल सुरक्षा भेलालाई सम्बोधन गर्न काभ्रेको धुलिखेल पुगेका गृहमन्त्रि गौतमले सरकारको कामकाजलाई प्रभाव पार्ने गरि तत्काल कुनै पनि त्यस्तो फेरबदल नहुने बताए । मध्यमाञ्चल सुरक्षा भेलालाई सम्बोधन गर्दै उनले अहिलेको प्रहरी नियमावलीले एआईजी बढुवामा समस्या देखिएको भन्दै अब छिट्टै उपयुक्त विधि र प्रकृया अपनाएर बढुवालाई कार्यान्वयन गरिने  जानकारी दिए । उनले नेपाल प्रहरीमा अझै थप २० हजार जनशतmी आवश्यक रहेको भन्दै त्यसका लागि गृहमन्त्रालयले त्यसबारे गृहकार्य गरिरहेको समेत जानकारी दिए ।