स्कुल बस दुर्घटना हुँदा ६ जनाको अवस्था गम्भिर

साउन ९, काठमाडौं । भतmपुरमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटना २८ जना घाइते भएका छन भने घाईते मध्ये ६ जनाको अवस्था गम्भीर  छ । भतmपुरको नगरकोटबाट काठमाडौ आउँदै गरेको बा १ ख ६७४६ जनमैत्री कलेज कुलेशवरको स्कुल बस भतmपुरको रातापाटी नजिकै दुर्घटना भएको हो । दुर्घटना हुँदा २५ विद्यार्थी, २ जना शिक्षक र एक सहचालक घाइते भएको प्रहरीले जनाएको छ  । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याईएको छ  भने २२ जनाको भतmपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको यकिन कारण पत्ता नलागेको र बसका चालक फरार रहेको प्रहरीले बताएको छ ।