महाधिवेशनको मनमुटाव बिर्सी दिउँ है कमरेडहरु:नेपाल

साउन ९, काठमाडौं । एमाले बरिष्ठ नेता तथा पुर्बप्रधानमन्त्रि माधवकुमार नेपालले एमाले महाधिवेशनमा नेता कार्यकर्ताबिच देखिएको खाडल अब सबैले मिलेर पुर्नु पर्ने बताएका छन । महाधिवेशनमा नेता कार्यकर्ता दुई खेमामा बाँडिएकाले अब त्यसलाई भुलेर पार्टी कार्यकर्ताको ध्यान पार्टीको आन्तरिक एकता र स्थानीय चुनावमा केन्द्रित हुनुपर्ने बताए । धौलागिरी, राप्ती, पेशागत क्षेत्र र कर्र्णालीका कार्यकर्तासंग आज कोटेश्वरस्थित आफनैं निवासमा भेटघाट गर्दै नेता नेपालले एमाले महाधिवेशनमा भएको प्रतिस्पर्धा कुनै फरक नभई प्रजातन्त्रको शोभायमान अभ्यास भएको बताए । नेता नेपालले योग्यताका आधारमा कुनै पनि ठाँउमा जिम्मेवारी लिनु उचित हुने तर्क गर्दै उनले महाधिवेशनमा देखिएको विभाजन अब सबैले मिलेर पुनहः एमालेलाई एक ढिक्का बनाएर अगाडी लैजान कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । सबै मत मताँन्तर बिर्सेर एक भई अगाडी बढ्ने र गाउँ गाउँ,बस्ती बस्तीसम्म पुगेर जनतासंग राम्रो सम्बन्ध बनाई स्थानीय निर्वाचनमा एमालेलाई एक नम्बरको पार्टी बनाउनका लागि खट्नु पर्ने भन्र्दै कार्यकर्तालाई आग्रह गरे ।