संविधान निर्माणबारे एमाओवादी धारणा बनाउँदै

 साउन ९,काठमाडौं – एमाओवादीले संविधान निर्माणबारे पार्टीको आधिकारिक धारणा बनाउन गृहकार्य थालेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा संविधान सुझाव मस्यौदा तथा समन्वय समितिु गठन गरी बिहीबारदेखि काम सुरु गरिएको खबर आजको कान्तिपुरमा छापिएको छ।

संविधानसभामा पेस गर्न समितिले मस्यौदा तयार गर्नेछ । संयोजक श्रेष्ठले संविधान मस्यौदा तयार गर्न पार्टीभित्र र बाहिर रहेका विज्ञसँग छलफल अघि बढाउने बताए । संविधानसभाले तोकेको कार्यतालिकाभित्र मस्यौदा तयार गर्नेछौं, उनले भने, ुतोकिएकै समयमा संविधान बनोस् भन्ने उद्देश्यसाथ काम थालेका हौं ।

दलहरूबीच सहमति हुन नसकेका संविधानसभाका अन्तरवस्तु संघीयता, शासकीय स्वरूप र निर्वाचन प्रणालीलगायतबारे सरोकारवाला र विज्ञहरूसँग छलफल चलाउने तयारी एमाओवादीको छ ।सबैको सुझावका आधारमा हामी एउटा मस्यौदा बनाउँछौं,ु श्रेष्ठले भने,एक साता हामी सरोकारवाला र विज्ञहरूसँग छलफल गर्नेछौं ।

सामथ्र्य र पहिचानलाई प्रमुख आधार बनाएर संघीयताबारे धारणा बनाउने उनको भनाइ छ । प्रमुख दलहरूबीच २०६९ जेठ २ गते सामथ्र्य र पहिचानसहित ११ प्रदेशमा जाने सहमति भए पनि पछि टुटेको थियो । एमाओवादीले राज्य पुनर्संरचना समिति र उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर तयारी गर्ने श्रेष्ठको भनाइ छ । ुविधान निर्माणलाई तीव्रता दिने तत्कालीन काम भएकाले व्यापक रूपमा छलफल गर्छौं,उनको भनाइ छ ।

पछिल्लो स्थायी समिति बैठकले तत्कालीन कार्यनीतिका रूपमा पहिचान र सामथ्र्यसहितको संघीयता र संघीयतासहितको संविधान निर्माणमा जोड दिने निर्णय गरेको छ । त्यही निर्णयअनुसार श्रेष्ठको संयोजकत्वमा काम अघि बढाइएको हो । यसका लागि ४ उपसमिति बनाइएको छ । राज्य पुनर्संरचनाबारे लोकेन्द्र बिष्ट मगर, शासकीय स्वरूपबारे गिरिराजमणि पोख्रेल र निर्वाचन प्रणालीलगायत अन्य मतभेदबारे जनार्दन शर्मा, प्रगतिशील अन्तरवस्तुबारे विश्वभक्त दुलाल संयोजक रहेको उपसमिति छ । यी उपसमितिले सुझाव दिनेछन् ।

त्यसका साथै समितिले मस्यौदा बनाउँदा मोहन वैद्यले नेतृत्व गरेको नेकपा(माओवादीलगायतसँग पछि छलफल गर्ने उसले जनाएको छ । ुसंविधान निर्माणमा सहयोग पुर्‍याउन संविधानसभा बाहिरबाट पहल सुरु गरिएको हो, उनले भने, यसले संविधान निर्माणका लागि संविधानसभाभित्र र बाहिर रहेका शक्तिहरूसँग पनि समन्वयको काम गर्छ ।