नेवार समुदायले गठेमंगल पर्व मनाउदै

साउन ९,काठमाडौं – नेवार समुदायले आज गठेमंगल पर्व धुमधामका साथ मनाउँदै छन् । श्रावण कृष्ण चतुर्दीका दिन मनाइने यो पर्वलाई घर्टाकर्णचर्तदशी पनि भन्ने गरिन्छ । आजका दिन दुष्ट आत्मा र भुतप्रेत भगाउन  घर सफा सुग्घर गरी राक्षसी स्वरुपको घर्टाकर्णदहन गर्न चलन छ । दिनभर ठड्याइएको नर्कबाट निर्मित गठेमंगल घाम अस्ताएपछि टोलवासीलाई छवालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराई ढालेपछि त्यसैमा बसाई नदीमा लगेर विसर्ज गर्न परम्परा छ । नेवार समूदायमा  टोलटोलमा नर्कको गठेमंगल राखेर बटुवाहरुसँग घर्टाकर्णो कर अर्थात जागात माग्ने चलन छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर र मुलुकभरका नेवार समुदायको बाहुल्यता भएका धेरैजसो जिल्लका जिल्ला सदरमुकाममा पनि वेवार समुदायले यो पर्व मनाउने गर्दछन् ।