यात्रुवाहक बिमान फेरि बेपत्ता

साउन ८ काठमाडौं – एउटा बिमान फेरि बेपत्ता भएको खबर छ । अल्जेरियाको राष्ट्रिय विमान सेवा एयर अल्जेरिइको विमान सम्पर्क विहीन भएको छ । बुकिर्नाफासोबाट उडेको विमान ५० मिनेटमा सम्पर्क विहीन भएको अन्तराष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । एअर अल्जेरियाले आफनो विमान सम्पर्क विहीन भएको पुष्टि समेत गरिसकेको छ । फ्लाइट एएच ५०१७ विमानमा १ सय १० जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको बताईन्छ । हराएको विमान स्थानीय समय अनुसार विहान पाँच बजेर १० मिनेटमा अवतरण हुनु पर्ने थियो । एअर अल्जेरियाले विमानको बारेमा अनुसन्धान गरिरहेको समारमा जनाईएको छ ।